सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली उद्योग वाणिज्य संघको निर्वाचन स्थगित गर्न उच्च अदालतको आदेश

२०७५ वैशाख २०, ०५:१५

वैशाख २२ गते हुने भनिएको कैलाली उद्योग वाणिज्य संघको निर्वाचन स्थगित गर्न उच्च अदालत दिपायले आदेश दिएको छ । चुनावका लागि गैर व्यवसायीलाई सदस्य बनाएको भन्दै उच्च अदालत दिपायलमा दुई वटा रिट परेपछि अदालतले तत्कालका लागि निर्वाचन रोक्न आदेश दिएको हो ।

आज  भएको वहसमा उच्च  अदालतका मुख्य न्यायधीश यज्ञप्रसाद वस्याल र न्यायधिक शेखर चन्द्र अर्यालको संयुक्त ईजलासले चुनावी साधारण सभा नगर्न नगराउन अन्तरिक आदेश जारी गरेको हो । पर्सि हुने चुनावी साधारण सभा नरोकेमा कानुन विपरित दर्ता भएका व्यवसायीवाट राजश्व गुम्ने र अस्वच्छ प्रतिस्पर्धा हुने भएकोले उच्च अदालतले अर्को आदेश नआए सम्म चुनाव स्थगित गर्न आदेश दिएको हो ।

कैलाली उद्योग वाणिज्य संघमा रहेका नक्कली सदस्यता खारेजीको माग गर्दै उच्च अदालत दिपायलमा दुई वटा मुद्धा परेको  थियो । केही समय अगाडी व्यवसायी सन्जयकुमार चौधरी, रविन पन्त र हिजो व्यवसायी जयराज न्यौपानेले पनि रिट हालेका थिए । दुवै रिटको आज वहस गर्दा उच्च अदालतले निर्वाचन रोक्न आदेश दिएको हो ।

 

कमेन्ट लोड गर्नुस