धनगढीको जुगेडामा आगलागी
२०७६ वैशाख २७, ०६:५०
कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर १२ जुगेडाको वी गाउमा आगलागी भएको छ। वी गाउँका स्थानीय भिम नेपालीको घरमा आगलागी भएको हो। शुक्रबार दिउसो भएको आगलागीका कारण नेपालीको घर जलेको छ भने गोठमा रहेका गाईवस्तुको समेत जलेर मरेका छन्।
आगो गोठ बाट सल्किएको थियो भने घर भित्र रहेका सामाग्री सहित केहि पैसा समेत जलेको बताईएको छ। आगलागी भएपछि स्थानीयले प्रहरीलाई खवर गर्दा उप–महानगरपालिकाको दमकल, प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रण लिएका थिए। आगलागीको कारण खुल्न सकेको छैन्।
कमेन्ट लोड गर्नुस