सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा जिपको ठक्करबाट महिला घाइते

२०८० माघ १०, १०:०५ खबर संवाददाता

धनगढीः बझाङमा जिपको ठक्करबाट एक महिला घाइते भएकी छन्। जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ४ बागथला तल्ला बजारमा घर अगाडीको धारामा पानी लिन जाने बेलामा जिपले ठक्कर दिदा सोही ठाउँकी ५५ वर्षीया महेश्वरी मल्ल घाइते भएकी हुन।

बुधवार बिहान बागथलाबाट चैनपुर तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १३१६ नम्बरको जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ। घाइते मल्लको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भईरहेको छ। घटना बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस