सुदूर नेपाललाई विश्वसँग जोड्दै

सशस्त्र प्रहरीमा डीएसपी बढुवा हुन विपद् व्यवस्थापनमा ‘पोस्ट ग्र्याजुएट डिप्लोमा’ अनिवार्य

२०८० माघ ६, ०४:४८ खबर संवाददाता

काठमाडौँः सशस्त्र प्रहरी बलमा अब प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा हुन सीमा सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययनमा अधिस्नातक डिप्लो (पोस्ट ग्र्याजुएट डिप्लोमा) मा गर्नुपर्ने भएको छ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकमा शनिवार आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले भने, ‘इन्स्पेक्टरबाट डीएसपीमा बढुवा हुन पोष्ट ग्र्याजुएट डिप्लोमा इन सेक्यूरिटी डिजास्टर म्यानेजमेन्ट स्टडिज कक्षा सञ्चालन गरिएको छ।’ यसअघि सशस्त्र प्रहरीमा डीएसपीमा बढुवाका लागि कम्पनी कमाण्ड एण्ड स्टाफ कोर्स (सीसीएसी) राखिएको थियो। यस पटकबाट भने कम्पनी कमाण्ड र विपद व्यवस्थापन दुबै कक्षा एकैपटक भइरहेको छ।

सशस्त्र प्रहरी बलले अहिले आफ्नो नयाँ ऐन ल्याउन गृहकार्य गरिरहेको छ। त्यसपछि बन्ने नियमावलीमै यो विषय समावेश गर्ने सशस्त्र प्रहरीको तयारी छ। हिजोआज सशस्त्र प्रहरी बललाई सीमा सुरक्षा, आन्तरिक सुरक्षा व्यवस्थापन (सशस्त्र संघर्ष, आतंकवादी गतिविधि लगायतलाई निस्तेज पार्ने), राजश्व संकलन र विपद् व्यवस्थापनमा खटाइँदै आएको छ। ‘विपद् व्यवस्थापन पनि हाम्रो मुख्य जिम्मेवारीभित्र पर्ने भएकाले यो कोर्स राखेका हौं’, एसएसपी खड्काले भने।
 

कमेन्ट लोड गर्नुस