सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय भलिबलको उपाधि पुलिस क्लबलाई

२०८० पुष २६, ०५:०३ खबर संवाददाता

सुर्खेतः नेपाल पुलिस क्लबले सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ।

पुलिसले बिहिवार सम्पन्न फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन एपीएफलाई ३–१ सेटले पराजित गर्दै उपाधि जितेको हो।

यसअघि नेपाल आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हाँसिल गरेको थियो। आज भएको खेलमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेर तेस्रो स्थान हाँसिल गरेको थियो।
 

कमेन्ट लोड गर्नुस