सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजतन्त्रको लागि केही मान्छे खुट्टा उचालिरहेका छन्, अब सम्भव छैन: माधव नेपाल

२०८० पुष २६, ०३:५६ खबर संवाददाता

धनगढीः नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले अहिले मुलुकमा राजतन्त्र फर्काउने गरि गतिविधि भइरहेको भन्दै उनले अब राजतन्त्र फर्किने सम्भावना रहेको बताएका छन्। कैलालीको टिकापुरमा आजबाट सुरु भएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनमा बोल्दै उनले राजतन्त्र फर्किन सक्ने सम्भावना नरहेको प्रस्ट पारेका हुन्।

‘गणतन्त्रका विरुद्धमा, हराइसकेको, बितिसकेको कामै नलाग्ने अवस्थामा पुगेको संस्थाको विषयमा आवाज उठ्न थालेको छ’ उनले भने,  ‘केही मान्छेले खुट्टा उचालिरहेका छन्। राजतन्त्र इतिहास भइसकेको छ अब त्यो सम्भव छैन।’
उनले  पार्टी व्यवस्था भन्दा निर्दलीय, निरङ्कुश र अधिनायकवाद काम नलाग्ने जिकिर गरे। उनले भने ‘एउटा वंशको हातमा शासन लगेर सबैलाई दास बनाउने व्यवस्था काम लाग्दैन। फेरी दास बनाउने गरि कोही आउन थालेको छ भने त्यो स्वीकार्य हुँदैन।’

उनले  पार्टीले निर्वाचित जनप्रतिनिधिलाई निगरानी राख्नु पर्नेमा जोड दिए। ‘कुनै पार्टी र नेताले गल्ती गरेको भन्दैमा सबै नेता खराब सबै पार्टी गलत भन्न मिल्दैन’ नेपालले भने। 
नेपालले रेशम चौधरी घटनामा प्रत्यक्ष रूपमा नरहेको बताएका थिए। 

‘सबै समुदायको बिचमा सम्मानको व्यवहार गर्नु पर्छ । यो देशको आफ्नो पहिचानलाई जोगाउनु पर्ने छ’ नेपालले भने, ‘हाम्रा युवाहरू विदेश पलायन भइरहेका छन्। त्यो सङ्ख्या कम गर्नु पर्छ। तीनै तहको सरकारको ध्यान दिनु पर्छ।’
आफ्नो पहलमा सुदूरपश्चिम प्रदेशमा विभिन्न विकासका कामहरू अगाडी बढेको समेत उनले बताए। सेती लोक मार्ग , रानिजमरा कुलरिया सिचाइ आयोजना, सुदूरपश्चिम विश्वविद्यालय, गेटामा मेडिकल कलेज आफ्नै पहलमा सुरु भएको बताए।

कमेन्ट लोड गर्नुस