राष्ट्रियसभा निर्वाचनः एमालेको १९ उम्मेदवारका टुंगो
काठमाडौंः आगामी माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएको छ।
पार्टीका महासचिव शंकर पोखरेलले राष्ट्रिय सभा निर्वाचनको लागि १९ उम्मेदवार तय गरिएको जानकारी दिए। राष्ट्रिय सभामा बागमतीबाट सबैभन्दा बढी ४, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट तीन÷तीन गरी ९, कोशी, मधेश र लुम्बिनीबाट प्रत्येकबाट दुई÷दुई गरी ६ जना गरी १९ सिटका लागि निर्वाचन हुँदैछ।