शुक्लाफाँटामा ग्राबेलसहितको ट्याक्टर प्रहरी नियन्त्रणमा
धनगढीः शुक्लाफाँटामा ग्राबेलसहितको ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको छ।
शुक्लाफाँटा नगरपालिका–८ का स्थानीयले शुक्रवार साँझ से १ त ६५५८ र सुपप्र ०२–००१ त १२६५ नम्बरको ग्राबेलसहितको ट्याक्टर नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन्। अनौखी खोलाबाट अवैध उत्खनन् गरेको भन्दै स्थानीयले ट्याक्टरलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए।
शुक्लाफाँटाका नदी खोलामा अवैद्य रुपमा नदीजन्य पदार्थको चोरी तस्करी बढेको स्थानीयले बताएका छन्। नदीजन्य पदार्थको उत्खननमा नगरपालिकाले रोक लगाएसँगै जरिवाना समेत गर्दै आएको छ। नदीजन्य पदार्थको उत्खनन्का लागि नगरपालिकाले ठेक्का आह्वान गरेको छ।