नेपाल एयरलाइन्सका पाइलटविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दर्ता
काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका विमानचालक सम्राटबहादुर शाहविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दा दर्ता गरेको छ।
शाहविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी उजुरी परेपछि अनुसन्धान गर्दा उनले भारतको सेकेन्डरी एजुकेसन काउन्सिल उत्तर प्रदेशअन्तर्गत भिएसजे इन्टरकलेज सरहरी गोरखपुरबाट सन् २००३ मा इन्टरमिडियट परीक्षा (प्राइभेट परीक्षा) प्रथम श्रेणीमा उत्तीर्णसहितको झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी विमानचालकको हैसियतमा लाभ लिएको पाइएको अख्तियारले जनाएको छ।