सुदूर नेपाललाई विश्वसँग जोड्दै

सानो कुरा-८० (दिल्ली)

२०८० पुष १६, ०९:५८

डाक्टर गोविन्दशरणः समय: ३: ३०, स्थान : कृष्ण पाउरोटी भण्डार 
म कृष्ण पाउरोटीमा छिर्दा ३:१५ भएको थियो र निस्कँदा ३:४०। त्यतिबेलासम्म प्रतिक जोशी त्यहीँ उभिएको भेटेँ। उ केही बोलिरहेको थिएन, तर उसका आँखा आशापूर्ण देखिन्थ; एकदम थकित। ऊ २३ वर्षे युवा थियो।
मैले उसलाई पहिले नै नोटिस गरेको थिएँ। वाहिर निस्कँदै गर्दा मेरो मनमा त्यो युवकप्रति जिज्ञासा भयो। 'बाबु ! तिमी यहाँ उभिएका छौँ। कसैलाई कुरेको हो?' मेरो प्रश्न नसकिँदै उसका आँखाबाट आँशु झर्न थाले। म किम्कर्तव्य बिमूढ़झैं भएँ। तर, मेरो प्रश्न उनी थियो।
'साहु जी! म निकै भोको छु।तीन दिन भयो पेटमा अन्न परेको छैन।' मलाई अचम्म लाग्यो। 'म यो पसलको साहुजी होइन। म त्रिचन्द्रमा पढाउने मास्टर हुँ,' मैले भने। मैले कुरो बुझिसकेको थिएँ।
मैले त्यस युवकलाई नजिकैको भोजनलयमा लगेँ। उसले दाल, भात तरकारी खायो। पेट भरेर खायो। त्यस अवधिमा कुनै कुरा भएन। मैले पैसो तिरिदिएँ। अनि, हामी दूवै पुन: कृष्ण पाउरोटी भण्डारमा आयौँ। मैले उसका लागि दुईथान पाउरोटी किनेर उसको झोलामा राखिदिएँ। उसका आँखाम देखिएको आदर, कृतज्ञता मलाई निकै गह्रुङ्गो लागिरहेको थियो।
'साहुजी, सायद भोकले मर्ने थिएँ होला। आफूसँग पैसो नभएपछि केही लाग्दो रहेन छ।मैले धेरै पसलमा काम माँगे। कसैले पत्याएनन्। सहरका सबै मान्छे खरावजस्तो लाग्थ्यो। तर, तपाईंप्रति मेरो कृतज्ञता रहने छ। दाइको कोठामा बसेको छु। दाई छैनन्। खाने कुरा पनि छैन।काठमाडौँ भन्दा त दिल्ली नै ठीक रहेछ!  अब म काठमाडौं बस्दिन, दार्चुला जान्छु।'

हामी छुट्टियौँ।तर उसका अन्तिम शब्द "दिल्ली नै ठीक रहेछ"ले मेरो चेतन मन निकै दुख्यो। मलाई आफैप्रति गुनासो छ। मैले यस्ता असंख्य युवाहरूलाई कुनै सहयोग गर्न सक्दिन!!
.................
 

कमेन्ट लोड गर्नुस