सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट अबैध भन्सार छलीका सामान बरामद 

२०८० पुष १२, ०९:४८

धनगढीः कैलाली र कञ्चनपुरबाट अबैध भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीका विभिन्न स्थानहरु धनगढी उपमहानगरपालिका-२ ट्राफिकचोकबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ८२ हजार ५ सय ६० मूल्य बराबरको  प्याज, मिठाई, पास्ता, प्लाष्टिक, चप्पल, नरिवल, ललिपप लगायतका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका-१२ जुगेडाबाट अन्दाजी १ लाख ५९ हजार मूल्य बराबरको प्याज सहित मोटरसाईकल एक  थान बरामद गरिएको छ। यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका-१० भुजेलाबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ३० हजार मूल्य बराबरको  चिनी, माइक्रोनी, प्लाष्टिक, वायरिङको सामान, सोडा लगायतका सामान प्र्रहरीले बरामद गरेको छ।

बुधवारको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी सामान नियन्त्रणमा लिएको हो। उक्त सामान आवश्यक कारवाहीको लागी प्रहरीले भन्सार कार्यालय गड्डाचौकीमा पठाइएको छ।

कमेन्ट लोड गर्नुस