सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनएसएलः आज धनगढी एफसी र पोखरा थन्डर्स तथा झापा एफसी र एफसी चितवन खेल्ने

२०८० पुष ६, ०८:४९ खबर संवाददाता

काठमाडौं: काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) मा दुई वटा खेल हुने भएका छन्। पहिलो खेलमा शीर्ष दुई टोली धनगढी एफसी र पोखरा थन्डर्स बीच प्रतिस्पर्धा हुने छ।

दिउँसो १ बजे हुने खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइने छ। पोखराले प्लेअफमा आफ्नो स्थान बनाइसकेको छ भने शीर्ष दुईमा आफ्नो स्थान पक्का गर्न आजको खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रँदै गर्दा धनगढीलाई भने प्लेअफमा स्थान बनाउन जित्नै पर्ने दबाब छ।

यस्तै, आज साँझ ५ बजे हुने अर्को खेलमा झापा एफसी र एफसी चितवन भिड्ने छन्। झापा आजको खेल जित्दै प्लेअफको सम्भावना जीवित राख्न चाहन्छ भने चितवन प्लेअफ यात्राबाट बाहिरिसकेको छ। जारी लिगमा झापा १० अङ्कका साथ तालिकाको चौथो स्थानमा छ भने चितवनले ६ अङ्क जोडेको छ।
 

कमेन्ट लोड गर्नुस