टीकापुर र कैलारीबाट भन्सार छलीको सामान बरामद
२०८० पुष १, ०५:०२
कैलालीः कैलालीको टीकापुर र कैलारीबाट भन्सार छलीको सामान बरामद गरिएको छ। जिल्लाको टीकापुर नगरपालिका–९ खक्रौला स्थित सडकखण्डबाट भारतबाट भन्सार छली ल्याएको अन्दाजी ५३ हजार २ सय मूल्य बराबरको साईकल, प्याज, मोजा लगायतका सामान बरामद गरेको छ।
यस्तै, कैलारी गाउँपालिका–४ के–गाँउबाट पनि करिब ३५ हजार ८ सय मूल्य बराबरको बोईलर कुखुरा र साइकल बरामद गरेको छ। आइतवार (आज) बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा सामान फेला पारी नियन्त्रणमा लिएको हो।
कमेन्ट लोड गर्नुस