सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा पहिरोले जिप बगायो

२०७५ वैशाख २०, ०९:२६

जयपृथ्वी राजमार्ग अन्तरगत बझाङको सुवेडा खोला नजिक पहिरो खस्दा एउटा जिप बगाएको छ । सुवेडा खोलानजिकै बुधबार राति खसेको पहिरोले जिप बगाएको हो । बिहान स्थानीय बासिन्दाले जीप बगाएको देखेर प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी, स्थानीयबासिन्दा घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।

जीपमा कतिजना थिए भन्ने खुलेको छैन । यसबारेमा थप जानकारी आउँन बाँकी छ । अहिले त्यो सडकखण्डमा गाडी चलेका छैनन् ।

 

कमेन्ट लोड गर्नुस