टीकापुरमा लागूऔषधसहित दुई युवक पक्राउ
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/Pakrau_14.jpg?itok=wKsG3UXr)
धनगढीः कैलालीको टीकापुरमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्।
जिल्लाको टीकापुर नगरपालिका-९ खग्रौलाबाट १ ग्राम ६० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाँउका २० वर्षीय रमेश साउद र टीकापुर नगरपालिका-१ का २७ वर्षीय पदमराज भण्डारी बिहीवार पक्राउ परेका हुन्।
गोप्य सूचनाको आधारमा दुबै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ। लागूऔषधसहित पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टिकापुरले बताएको छ।
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)
![add](https://dineshkhabar.com/sites/default/files/WhatsApp Image 2024-12-18 at 11.06.58 AM.jpeg)