कैलाली उद्योग वाणिज्य संघमा नक्कली सदस्यता खारेजी गर्न अदालतमा मुद्धा दर्ता
कैलाली उद्योग वाणिज्य संघमा रहेका नक्कली सदस्यता खारेजीको माग गर्दै उच्च अदालत दिपायलमा रिट निवेदन दर्ता भएको छ । संघका सदस्य जयराज न्यौपानेले बुधबार रिट दर्ता गरेका हुनन् ।
उनले जिल्ला प्रशासन कार्यालय, कैलाली उद्योग वाणिज्य संघ, धनगढी उप–महानगरपालिका लगायत १० वटा संघसंस्था तथा व्यक्तिलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । संघको वैशाख २२ गते हुने निर्वाचनको सरगर्मी बढेको बेला एक हजार दुई सय नक्कली सदस्यता वितरण गरेको निवेदक न्यौपानेको दाबी छ ।