बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालबाट रुक्साना कपाली
काठमाडौं: बीबीसीले यस वर्षका लागि निकालेको सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ। जसमा नेपालबाट रुक्साना कपाली समेत समेटिएकी छन्।
ट्रान्सजेन्डर मानव अधिकारवादी अभियन्ता कपालीले यौनिक तथा अल्पसंख्यक लैंगिक समूहबारे खुलेर बोल्दै आएकी छिन्। कानूनकी विद्यार्थी उनले हाल नेपालमा एलजीबीटीप्लस समूको लागि कानूनी र संवैधानिक अधिकार स्थापित गर्न सक्रियता जनाउँदै आएकी हुन्। बीबीसी सूचीमा पर्ने उनी एकमात्र नेपाली हुन्। १०० प्रभावशाली महिलाको सूचीमा अमेरिकाकी भूतपूर्व प्रथम महिला मिसेल ओबामा, ब्यालन डि’ओर जित्ने फुटबलर आइताना बोनमाटीलगायत छन्।