डेउडा गायिका सिराडीले गरिन जन्म दिनमा आर्थिक सहयोग
धनगढी : डेउडा गायिका कृष्णा सिराडीले जन्मदिनको अवसरमा डेउडा प्रतिष्ठान अक्षयकोषलाई आर्थिक सहयोग गरेकी छन।
उनी देउडा प्रतिष्ठानकी केन्द्रीय सदस्य पनि हुन्। उनी प्रत्येक जन्मदिनमा विभिन्न सामाजिक कार्य गर्दै आएकी छन। उनले जन्मदिनको अवसरमा कहिले दृष्टि फाउन्डेसन, कहिले मानव सेवा आश्रम भने कहिले अस्पतालमा भर्ना भएका बिरामीलाई सहयोग गर्दै आएकी छन्।
दुखी ,गरिब ,अपांग , साहारा बिहिनलाई केही राहत होस भनी डेउडा प्रतिष्ठानले अक्षय कोष स्थापनाको लागि देउसी–भैलोसमेत खेलिरहेको बेला प्रतिष्ठान कि सदस्य सिराडडीले आर्थिक सहयोग गरेकी हुन्।
त्यसैगरी उनले आज बिहान जन्मदिनको अवसरमा रेडक्रसमा रक्तदान पनि गरेकी थिन्।