सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा उत्पादित फूल धनगढीमा बिक्री

२०८० कार्तिक २८, ०२:०७ खबर संवाददाता

धनगढीः डडेल्धुरामा उत्पादित फूल धनगढीको बजारमा बिक्री भइरहेको छ। जिल्लाको अजयमेरु गाउँपालिका वडा नम्बर ५ बस्ने युवा टेकराज पाठकले धनगढीमा फूल बिक्री गरिरहेका छन्।

पाठकले डेढ रोपनीमा फूल खेती गरेका छन्। डडेल्धुरामा प्लाष्टिकका माला बिक्री भइरहेकाले प्लाष्टिक प्रतिबन्ध गरिएको धनगढीमा फूल बिक्री गर्न ल्याएका बताएका छन्। उनले धनगढीमा प्लाष्टिक प्रतिबन्ध भएकाले आफूले ल्याएको सबै फूल बिक्री भएको बताए।

सोमबार बारीबाट एक क्वीन्टल सयपत्री फूल ल्याएका पाठकले केही फूल डडेल्धुरा बजारमा बिक्री गरेको बताएका छन्। धनगढीमा बिक्री गर्न ल्याएको ६० किलोग्राम फूल मंगलबार बिक्री भएको पाठकले बताए। धनगढीका मेयर साबको निर्णयले मैले पनि आफूले उत्पादन गरेको फूल बिक्री गर्न पाएँ,' उनले भने, 'धनगढीमा एक किलो फूल पाँच सय रुपैयाँसम्ममा बिक्री भयो।'
 

कमेन्ट लोड गर्नुस