सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाजाका अस्पतालहरु चिहान बन्दै, अस्पताल भित्र र बाहिर शवहरूको थुप्रो

२०८० कार्तिक २८, ०८:०४ खबर संवाददाता

काठमाडौं: गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफा चिहान बन्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अस्पताल भित्र र बाहिर शवहरू थुप्रिएका छन्।

समयपूर्व जन्मिएका दर्जनौं शिशुहरु तथा र डायलासिस गर्नुपर्ने मिर्गौला रोगीलाई समेत इन्धनको अभावले राम्रोसँग उपचार गर्न नसकिएको राष्ट्रसंघका प्रवक्ताले बताएका छन्। गाजाका दुई ठूला अस्पतालहरू अलख्शिफा र अल–कुड्स इन्धन सकिएपछि अहिले बन्द भएका छन्। हालैका दिनहरूमा गाजा शहरको अस्पतालहरु नजिकै आक्रमण भइरहेको समचार छ।

गाजाका अस्पतालहरू इजरायली सेनाहरूले घेरामा राखेका छन्। इजरायलले गाजाका अस्पतालहरु मुनि हमासको नियन्त्रण केन्द्र रहेको आरोप लगाउँदै अस्पताल वरपर आक्रमण गरिरहेको छ। तर हमासले भने सो कुरा अस्वीकार गरेको छ।

इजरायलले अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि ईजरायलले गरेको आक्रमणमा ११ हजार २ सय भन्दा बढी प्यालेस्टाइनी मारिएका छन्। त्यसैगरी इजरायलमा हमासको आक्रमणबाट १२ सय भन्दा बढीको ज्यान गएको छ। २ सय ४० भन्दा बढीलाई बन्धक बनाईएको छ।

कमेन्ट लोड गर्नुस