सुदूर नेपाललाई विश्वसँग जोड्दै

संयुक्त राष्ट्रसंघद्वारा गाजामा ‘मानवीय सहायताका लागि युद्धविराम’ को आह्वान

२०८० कार्तिक ११, ०८:५८ खबर संवाददाता

एजेन्सीः संयुक्त राष्ट्रसङ्घीय महासभाले शुक्रबार गाजामा ‘मानवीय सहायताका लागि युद्धविराम’ को आह्वान गर्दै इजरायल र गाजाका हमास शासकबीचको शत्रुताको अन्त्यको लागि गैर–बाध्यकारी प्रस्तावलाई पारित गरेको छ। यो हमास आक्रमणपछि इजरायल र प्यालेष्टिनी क्षेत्रमा चर्किएको हिंसात्मक गतिविधिका लागि सयुक्त राष्ट्रसङ्घको पहिलो प्रतिक्रिया हो।

विश्व समुदायको छाता संगठनको रूपमा रहेको १९३ सदस्यीय यस निकायले अमेरिकाले समर्थन गरेको क्यानडाको संशोधनलाई अस्वीकार गरेपछि ४५ देशको अनुपस्थितिमा १२० का विरूद्ध १४ मत फरकले प्रस्ताव पारित गरेको छ।

संयुक्त राष्ट्रसङ्घका लागि प्यालेस्टिनी राजदूत रियाद मन्सुरले महासभालाई  विभाजित संयुक्त राष्ट्रसङ्घभन्दा अधिक साहासी र सैद्धान्तिक बन्नुपर्नेमा जोड दिए। संयुक्त राज्य अमेरिकाद्वारा समर्थित क्यानडाको संशोधनलाई अस्वीकार गरेपछि ४५ सदस्यको अनुपस्थितिसहित १९३ सदस्यीय वैश्विक निकायले १२० को विरूद्ध १४ मतले प्रस्ताव पारित गरेको थियो। 
 

कमेन्ट लोड गर्नुस