सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको कर्नाटकमा कार र ट्रक ठोक्किँदा १२ जनाको घटनास्थलमै मृत्यु

२०८० कार्तिक ९, ०९:३२ खबर संवाददाता

एजेन्सीः  भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा बिहीवार कार र ट्याङ्कर ट्रक ठोक्किँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। उक्त दुर्घटना चिक्कबल्लापुर जिल्लाको बैंगलोर–हैदराबाद राष्ट्रिय राजमार्गमा भएको हो। आज १३ जना बोकेको तीव्र गतिको कारले चिक्कबल्लापुरमा रोकिराखेको ट्याङ्कर ट्रकलाई ठक्कर दिँदा १२ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना घाइते भएका थिए।

घाइतेको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरी अधिकारीले बताए। प्रहरीका अनुसार यात्रु बोकेको कार छिमेकी राज्य आन्ध्र प्रदेशको अनन्तपुर जिल्लाबाट बैंगलोर गइरहेको थियो। कुहिराका कारण बाटो स्पष्ट नदेखिएकाले  सो दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
 

कमेन्ट लोड गर्नुस