सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीनले अन्तरिक्ष स्टेसनमा नयाँ रकेट पठायो

२०८० कार्तिक ९, ०५:४५ खबर संवाददाता

एजेन्सीः चीनले बढ्दो अन्तरिक्ष कार्यक्रमको नयाँ मिसनअन्तर्गत बिहीवार उसको तियाङगोङ अन्तरिक्ष स्टेसनमा एउटा नयाँ दल पठाएको छ। चीनले उक्त मिसनअन्तर्गत सन् २०३० सम्ममा चन्द्रमामा मानिसलाई पठाउने योजना बनाएको छ।

उत्तरपश्चिम चीनको जिउक्वान प्रक्षेपण स्थलबाट स्थानीय समयअनुसार बिहान ११ः१४ मा अन्तरिक्ष स्टेसनको निर्माणपछि सबैभन्दा कम औसत उमेर भएका तीन अन्तरिक्ष यात्री लिएर सेनझोउ– १७ उडेको थियो। ‘अन्तरिक्ष यान लङ मार्च–२ एफ वाहक माथि रहेको उक्त रेकट उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट सेन्टरबाट उडेको थियो,’ चीनको सरकारी सिन्ह्वा समाचार समितिले भनेको छ।

उक्त टोलीको नेतृत्व ताङ होङ्बोले गरिरहेका छन्। उनी अन्तरिक्ष स्टेसनमा आफ्नो पहिलो फिर्ती अभियानमा रहेका छन्। उनीसँगै ताङ सेङ्जी र जियाङ जिङ्लिन पनि रहेका छन्। यो उनीहरूको पहिलो अन्तरिक्ष अभियान हो। सबै पुरुष चालक दलको औसत उमेर ३८ वर्ष रहेको छ। अन्तरिक्ष स्टेसनको अभियानमा यिनीहरू सबैभन्दा कान्छा हुन्। 
 

कमेन्ट लोड गर्नुस