सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाजामा मानवीय सहायताका लागि राहत सामग्री पुर्याउनेक्रम निरन्तर

२०८० कार्तिक ७, ०१:२१ खबर संवाददाता

 
आवश्यक सहायता लिएर तेस्रो समूह इजिप्टसँगको रफाह क्रसिङकबाट गाजामा प्रवेश गरेको छ। इजरायल र लडाकु समूह हमासबीचको लडाइँका कारण गाजामा बीस लाखभन्दा धेरै नागरिक समस्यामा परेका छन्। त्यहाँ इजरायलको पूर्ण नाकाबन्दी छ।

गाजाका लागि इजरायलको सीमा क्रसिङ बन्द भएका कारण इजिप्ट र गाजालाई जोड्ने रफाह क्रसिङ प्यालेस्टिनी क्षेत्रमा सहायता सामग्री पुर्याउने एकमात्र व्यावहारिक मार्ग बनेको सीएनएनले जनाएको छ। नागरिकले मुख्य गरी पानी र खाद्यान्नको चरम अभाव झेल्नुपरेको छ।

शनिवार र आइतवार ३४ वटा ट्रकले रफाह क्रसिङमार्फत् इजिप्टबाट गाजासम्म खाद्यान्न, पानी र औषधिसहित अत्यावश्यक सामग्री पुर्याएका थिए। मानवअधिकार संस्थाहरूले प्यालेस्टिनी क्षेत्रसम्म पर्याप्तरूपमा सहायता सामग्री नपुगेको भन्दै चिन्ता व्यक्त गरेका छन्। संयुक्त राष्ट्र सङ्घका विज्ञहरूले गाजामा इजरायलको कारबाहीलाई मानवताविरुद्धको कदमका रुपमा घोषणा गरेका छन्। 

कमेन्ट लोड गर्नुस