सुदूर नेपाललाई विश्वसँग जोड्दै

बङ्गलादेशमा दुई रेल ठोक्किँदा १५ जनाको मृत्यु

२०८० कार्तिक ६, ०८:२४ खबर संवाददाता

एजेन्सीः बङ्गलादेशमा सोमबार दुई वटा रेल एकापसमा ठोक्किँदा १५ जनाको मृत्यु भएको छ। बङ्गलादेशको किशोरगञ्ज जिल्लामा दुर्घटना भएको जिल्ला अतिरिक्त प्रहरी उपरीक्षक मोस्ताक सरकारले जानकारी दिए। बन्दरगाह सहर चट्टोग्रामतर्फ गइरहेको कन्टेनर रेल दिउँसो करिब साढे ३ बजे ढाका गइरहेको एगरोसिन्धुर एक्सप्रेससँग ठोक्किएको थियो।

उनका अनुसार दुर्घटनामा एगरोसिन्धुर एक्सप्रेसका कयौँ डिब्बा पल्टिँदा करिब एक सय जना घाइते भएका छन्। उनले मर्नेहरूको सङ्ख्या अझै बढ्ने आशङ्का गरे। अधिकारीहरूका अनुसार जीवित अधिकांश यात्रीहरूलाई चोट लागेको छ र उनीहरूलाई अस्पताल पुर्याइएको छ।
 

कमेन्ट लोड गर्नुस