सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘रामकहानी’ को गीत रिलिज, आकाश र पूजाको गज्जबको केमेष्ट्री

२०७५ वैशाख १९, ०९:५४

अभिनेत्री पूजा शर्माको जन्मदिनको अवसर पारेर भाद्र २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको प्रतिक्षीत फिल्म ‘रामकहानी’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘तिम्रो लागी म छु’ बोलको डान्सिङ गीतमा पूजासँग अभिनेता आकाश श्रेष्ठले ठुम्का लगाएका छन् । 
गीतमा प्रमुख कलाकार केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राइलाई पनि देख्न सकिन्छ । सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिम र कलाकारको उपस्थितिमा उक्त गीत सार्वजनिक गरिएको हो । 
 गीतमा सुगम पोखरेल र अञ्जु पन्तले स्वर दिएका छन् भने शब्द तथा संगीत अर्जुन पोखरेलको छ । एरेञ्ज महाराज थापाले गरेका छन् । कोरियोग्राफी कविराज गहतराजको छ । गीतका छायाँकार सौरभ लामा हुन् । गीतको संगीत पक्ष उत्कृष्ट छ । कोरियोग्राफी र छायांकन पक्षले आँखालाई शितलता प्रदान गर्छ । ’प्रेमगीत’ मा प्रदीप खड्का र ’म यस्तो गीत गाउँछु’ मा पल शाहसँग जोडी बाँधेकी पूजाको आकाशसँग लोभलाग्दो केमेष्ट्री देख्न सकिन्छ । 


 यस फिल्मका निर्देशक सुदर्शन थापा हुन् । उनले आफूले गर्दै आइरहेको धारभन्दा केही फरक गर्ने कोशिश गरेको बताए । उनका अनुसार, ’रामकहानी’ कमेडीसँगै रोमान्टिक लभस्टोरी जनरामा तयार भएको छ । यो फिल्म पूजा र सुदर्शनले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्मको कथा सुदर्शन आफैंले लेखेका हुन् । २६ वर्षमा लागेकी पूजाले आफ्नो लागि ’रामकहानी’ को गीत जन्मदिनको सबैभन्दा ठूलो उपहार रहेको भन्दै खुसी व्यक्त गरिन् । फिल्मी खबरवाट
 
गीत हेर्नुस्ः
कमेन्ट लोड गर्नुस