कञ्चनपुरबाट झण्डै चार लाख मुल्यका अबैध सामान जफत
२०८० कार्तिक ४, ०६:२७
कञ्चनपुरः कञ्चनपुरबाट झण्डै चार लाख मूल्य बराबरका अबैध सामान प्रहरीले जफत गरेको छ।
जिल्लाको भीमदत्त नगरपालिका–४ र वडा नम्बर ६ बाट अबैध सामान जफत गरिएको प्रहरीले जनाएको छ।
तीन लाख ७९ हजार नौ सय मुल्य बराबरका कपडा, बिजुलीका सामान र भाडा वर्तन बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस