सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको मालाखेतीमा ट्रयाक्टरको ट्रलीबाट खस्दा एकजनाको मृत्यु

२०७६ वैशाख १६, १२:५४ खबर संवाददाता

कैलालीको गोदावरी नगरपालिका ३ मालाखेतीमा ट्रयाक्टरको ट्रलीबाट खस्दा एकजनाको मृत्यु भएको छ। आईतबार साँझ ७ बजेको समयमा मालाखेतीमा से २ प १० नम्बरको ट्रयाक्टरको ट्रलीबाट खसेर सोही स्थानका ३५ वर्षीय विर बहादुर महराको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतले ट्रलीबाट खसेर गम्भीर घाईते भएका महराको उपचारका क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएको जानकारी दिए। मृतकको शव परिक्षणपछि आफन्तको जिम्मा लगाईने प्रहरीले जनाएको छ। 
   
 

कमेन्ट लोड गर्नुस