सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानमा सुरक्षा बलसँगको भीडन्तमा छ जना आतङ्ककारीको मृत्यु

२०८० असोज २८, ०९:४७ खबर संवाददाता

एजेन्सीः  पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा शनिवार सुरक्षा बल र आतङ्ककारीहरूबीच भएको भीडन्तमा कम्तीमा छ जना आतङ्ककारी र एक जना सैनिकको मृत्यु भएको सेनाले जनाएको छ।

मिडिया शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन (आइएसपीआर) ले जिल्लाको मिर अली क्षेत्रमा गुप्तचरको सूचनाको आधारमा सुरक्षा बलले कारबाही गरेको हो। कारबाहीका क्रममा आफ्नै सेना र आतङ्ककारीहरू बीच तीव्र रूपमा गोली हानाहान हुँदा छ जना आतङ्ककारी मारिएका छन् भने, आठ जना आतआङ्ककारी घाइते भएका छन्।

आईएसपीआरले दिएको जनाकारी अनुसार एक जना ३३ वर्षीय सुरक्षाकर्मीले पनि भीडन्तमा मृत्यु भएको छ। आतङ्ककारीहरूबाट हतियार र गोलाबारुद पनि बरामद गरिएको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस