सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपाद्धारा भारतबाट फर्किनेलाई लक्षित गर्दै नाकामा हेल्प डेस्क स्थापना

२०८० असोज २८, ०८:५१ खबर संवाददाता

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टीले कञ्चनपुरको सीमानाका गड्डाचौकी र कैलालीको गौरीफन्टा सीमानाकामा हेल्प डेस्क स्थापना गरेको छ। दशैं तिहार मनाउन भारतबाट फर्किनेलाई लक्षित गरी हेल्प डेस्क स्थापना गरिएको हो।

हेल्प डेस्कमा दसैँ–तिहार मनाउन फर्किएकालाई आवश्यक सहयोग र समन्वय गरी पानी पिउने सुविधाको समेत व्यवस्था गरिएको पार्टीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस