सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायली हवाई आक्रमणमा १३ बन्धकको मृत्यु भएको हमासको दाबी

२०८० असोज २७, ०९:०८ खबर संवाददाता

काठमाडौं: गाजामा इजरायली हवाई आक्रमणमा हमासले कब्जामा लिएका कम्तीमा १३ जना बन्धकको मृत्यु भएको हमासले दाबी गरेको छ। 

हमासकोे सैन्य शाखा अल–कासम ब्रिगेडले पछिल्लो २४ घण्टामा उत्तरी गाजा र गाजा शहरभित्र इजरायली आक्रमणमा परी १३ विदेशी नागरिक र इजरायलीको मृत्यु भएको विज्ञप्तिमा जनाएको छ। 

उत्तरी गाजा पट्टीमा छ जनाको मृत्यु भएको र गाजा शहरका अन्य छुट्टाछुट्टै स्थानमा सात जनाको मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ। यता, इजरायली सेनाले उत्तरी गाजाबाट १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिएपछि यसलाई अमेरिकाले ‘कठिन’ आदेश भएको जनाएको छ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले यो आवश्यक हो तर पालना गर्न निकै कठिन भएको बताएका छन्। गत शनिबार हमासले गरेको आक्रमणब र इजरायलको जवाफी कारबाहीमा दुवै तर्फ ३ हजार मानिसको मृत्यु भइसकेको छ।

कमेन्ट लोड गर्नुस