सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानको आतङ्कवादविरुद्ध छुट्टाछुट्टै कारबाहीमा २ जनाको मृत्यु

२०८० असोज २४, ०५:३२ खबर संवाददाता

एजेन्सीः  पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको छुट्टाछुट्टै कारबाहीमा दुई आतङ्ककारी मारिएको पास्तिस्तानी सेनाले जनाएको छ। सेनाले प्रान्तीय डेरा इस्माइल खान जिल्लाको जासुसी–आधारित कारवाहीमा दोहोरो भिडन्तमा एक आतङ्ककारीलाई मार्न सफल भएको सेनाको मिडिया शाखाले इन्टर सर्भिस पब्लिक रिलेसनले विज्ञप्तिमा उल्लेख गरेको छ।

मारिएका दुई जना आतङ्ककारी हमला तथा सुरक्षा बलविरुद्ध गतिविधिमा सक्रिय रहेको सेनाले जनाएको छ। यसैगरी उत्तरी वाजिरिस्तान जिल्लामा आतङ्ककारीसँग भएको अर्को भिडन्तमा सेनाले लुकेर बसेका अर्का आतङ्ककारीलाई मारेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस