सुदूर नेपाललाई विश्वसँग जोड्दै

पपुवा न्युगिनीमा ७ र अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प

२०८० असोज २०, ०६:०३ खबर संवाददाता

एजेन्सीः  पपुवा न्युगिनीको मडाङमा शनिवार बिहान सात म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजीएस) ले जनाएको छ। यसैबीच अफगानिस्तानको पश्चिमी भूभागमा पनि शनिवार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको युएसजीएसले जनाएको छ।

त्यसपछि हेरात शहरबाट ४० किलोमिटर उत्तर पश्चिममा केन्द्र बनाएर ५.५, ४.७ र ६.२ म्याग्निच्युडका तीनवटा पराकम्प गएका थिए। युएसजीएसले यसअघि ६.२ म्याग्निच्युडको भूकम्प गएको जनाएको थियो। अफगानिस्तानको उक्त क्षेत्र उच्च भूकम्पीय जोखिम क्षेत्र हो।
 

कमेन्ट लोड गर्नुस