सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा रूखमा कार ठोक्किँदा पाँचजनाको मृत्यु

२०८० असोज ८, ०४:५८ खबर संवाददाता

एजेन्सीः  भारतको मध्य प्रदेशको उमरिया जिल्लाको राजमार्ग ४३ मा सोमबार बिहान रूखमा कार ठोक्किएर पाँच जनाको मृत्यु भएको छ।

वीरसिंहपुर पाली थाना क्षेत्रमा सोमबार राति १२ः३० बजे दुर्घटना भएको हो। कारमा सवार पाँच जनामध्ये तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

वीरसिंहपुर पाली प्रहरी चौकीका प्रमुख मदनलाल मारावीले शहडोल जिल्लाबाट कारमा आएका पाँच जना गत राति जिल्लाको एक दाभामा भएको दुर्घटनामा तीन जनाको घटनास्थलमा नै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको बताए।
 

कमेन्ट लोड गर्नुस