सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायली सेनाको कारबाहीमा ६ प्यालेस्टाइनीको मृत्यु

२०८० असोज ३, ०९:२३ खबर संवाददाता

एजेन्सीः  इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक र गाजा पट्टीमा छ प्यालेस्टाइनीको मृत्यु भएको चिकित्सकहरूले बताएका छन्।

जेनिन शरणार्थी शिविरमा मंगलबार रातिको गरिएको सैन्य आक्रमणमा मारिएका चारमध्ये तीन जनाको अन्त्येष्टि गरिएको छ। यससमा ३० जना घाइते भएका छन्। बुधबार बिहान जेरिकोमा इजरायली सेनाको आक्रमणको क्रममा अर्का एक युवा प्यालेस्टाइनीको मृत्यु भएको थियो।

मङ्गलबार साँझ गाजा(इजरायल सीमा नजिकै भएको हिंसात्मक प्रदर्शनका क्रममा छैटौँ प्यालेस्टाइनीको मृत्यु भएको थियो। प्यालेस्टिनी विद्रोहीहरूको गढ रहेको जेनिन क्याम्पमा मंगलबार राति भीषण लडाइँ भएको थियो।
 

कमेन्ट लोड गर्नुस