धनगढीबाट नेकपाका नेता पूर्व सभासद डबल शाह पक्राउ
धनगढीबाट पूर्व सभासद डबल शाह पक्राउ परेका परेका छन्। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सेती ब्यूरो सदस्य तथा कार्यालय सचिब समेत रहेका शाह धनगढी स्थित डेराबाटै पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीले भने त्यस्को पुष्टि अहिले सम्म गरेको छैन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले पक्राउ परेको सुनेको तर आधिकारीक रुपमा जानकारी नआएको बताए।