सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल चिकित्सक संघले भोलिदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

२०८० भदौ ३०, ०९:३३ खबर संवाददाता

काठमाडौँः  नेपाल चिकित्सक संघले चिकित्सक कुटपिट गर्नेलाई तत्काल कानुनी दायरामा नल्याए भाद्र ३१ देखि आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गरी दवाव सिर्जना गर्न आव्ह्वान गरेको छ।

संघका अध्यक्ष डा.अनिल बिक्रम कार्की तथा महासचिव डा. सन्जिब तिवारीद्वारा हस्ताक्षर सहित शनिवार जारी गरिएको प्रेस विज्ञप्ति मार्फत विभिन्न ७ बुँदामा माग राख्दै चिकित्सक कुटपिट गर्नेलाई कानुनी दायरामा नल्याए भोलि भाद्र ३१ देखि आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गरिने समेत जनाएको छ।
Image

कमेन्ट लोड गर्नुस