सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सितोरियो कराँते संघ गठन

२०८० भदौ १७, ०५:०८ खबर संवाददाता

धनगढीः  सुदूरपश्चिम प्रदेशमा सितोरियो कराँते संघ गठन गरिएको छ। संघको प्रथम प्रदेश अधिवेशनबाट अध्यक्षमा कञ्चनपुरका यज्ञराज बैजसहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

संघको उपाध्यक्षमा बैतडीका राजबहादुर कार्की, डडेल्धुराका ओमप्रकाश पन्त, कैलालीका उमा महतो, कञ्चनपुरका कृष्णबहादुर चन्द, सचिवमा कैलालीका अमितप्रताप सिंह, सहसचिवमा अछामका चक्रबहादुर रोकाया, कोषाध्यक्षमा कैलालीका बबरजंग शाही चयन भएका छन्।

यस्तै सदस्यहरूमा डडेल्धुराका सुमित बम, कञ्चनपुरका महेन्द्र कुँवर, दार्चुलाका राजेन्द्रबहादुर विष्ट, अछामकी भागरथी खत्री, दार्चुलाकी गीता महरा र कञ्चनपुरकी विमला खत्री चयन भएका छन्। कार्यसमितिको कार्यकाल ३ वर्षको हुने नवगठित संघका उपाध्यक्ष राजबहादुर कार्कीले बताए।
 

कमेन्ट लोड गर्नुस