सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिहादी समूहको आक्रमणमा परी ११ सिरियाली सैनिकको मृत्यु

२०८० भदौ ९, ०८:४९ खबर संवाददाता

एजेन्सीः  युद्धग्रस्त सिरियाको उत्तरपश्चिम क्षेत्रमा शनिबार जिहादी समूहले सेनाको पोस्ट नजिकै खनिएको सुरुङमा राखिएको विस्फोटक पदार्थ विस्फोट गराउँदा कम्तीमा ११ जना सिरियाली सैनिकको मृत्यु भएको छ।

‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का अनुसार अन्सार अल तौहिद समूह र तुर्केस्तान इस्लामिक पार्टी (टिआइपी) का जिहादीहरु सम्मिलित उक्त आक्रमण इदलिब प्रान्तको दक्षिणमा भएको हो। बेलायतस्थित अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले भने, “जिहादीहरूले सेनाको पोस्टमुनि खनेको सुरुङमा विस्फोट गराए र एकैसाथ अन्य सुरुङबाट आक्रमण सुरु गरे।” रूसले इदलिब नजिकैको जिसर अल शुघुर क्षेत्रमा हवाई आक्रमण गरेको एक दिनपछि २० जना सैनिक घाइते भएको अब्जरभेटरीले जनाएको छ।

आक्रमणमा संलग्न दुवै समूह जिहादी हयात तहरीर अल–शाम समूहसँग आबद्ध छन्, जसले इदलिब प्रान्तका केही भागका साथै अलेप्पो, हामा र लाटकियाका केही भागलाई नियन्त्रण गरेको छ। यसैबीच, सिरियाको उत्तरी क्षेत्रमा सोमबार भएको रूसी हवाई आक्रमणमा सरकारी सेनाले गरेको बमबारीमा सात जना एचटीएस लडाकू मारिएका छन् भने अन्य १३ जना मारिएका छन्। इदलिब नजिकै रूसी आक्रमणमा परी दुई जना सर्वसाधारणको पनि मृत्यु भएको बताइएको छ।

युद्ध अनुगमनकर्ता समूहहरूले शनिबारको आत्मघाती आक्रमणमा ‘दुई जिहादीले आफ्नो ज्यान लिएको’ र ‘भीषण भिडन्त जारी रहेकाले’ मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको जनाएका छन्। सिरियामा सरकारले शान्तिपूर्ण विरोध प्रदर्शनमाथि गरेको दमनपछि सुरू भएको सरकार र विपक्षी विचको द्वन्द्वले सन् २०११ देखि सिरिया गृहयुद्धमा फसेको थियो।
 

कमेन्ट लोड गर्नुस