सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा प्रहरीको जागिरप्रति वितृष्णाः राजीनामा दिनेको सङख्या बर्षेनी बढ्दै

२०७६ वैशाख १०, ०७:०९ कमल सावद

कैलाली प्रहरीमा राजीनामा दिनेको संख्यामा बृद्धि हुदै गएको छ। दुई आर्थिक बर्षको अवधिमा मात्रै जिल्ला प्रहरी कार्यालय कैलालीबाट ७९ जनाले राजीनामा दिएका छन्। आर्थिक बर्ष २०७४÷०७५ मा कैलाली प्रहरीका ३९ जना कर्मचारीले राजीनामा दिएकोमा चालु आर्थिक बर्ष २०७५÷०७६ को ९ महिनामा ४० जनाले राजीनामा दिएका छन्। रजीनामा दिनेमा सबैभन्दा बढि प्रहरी हवल्दार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। गत आर्थिक बर्षमा २० जना प्रहरी हवल्दारले राजीनामा दिएकोमा चालु आर्थिक बर्षको हाल सम्म मात्र २९ जना प्रहरी हवल्दारले राजीनामा दिएको कैलाली प्रहरीको तथ्याँकले देखाएको छ। 

गत आर्थिक बर्षमा प्रहरी जवान दुई जना र प्रहरी साहयक निरीक्षक ५ जनाले राजीनामा दिएका थिए। चालु आर्थिक बर्षको हाल सम्म दुई जना प्रहरी जवान, ८ जना प्रहरी सहायक निरिक्षक र एक जना प्रहरी नायव निरिक्षकले राजीनामा दिएको प्रहरीले जनाएको छ। उनीहरु मध्ये २०६० चैत्र २६ गते भन्दा पहिले प्रहरीमा भर्ना भएकाले मात्र पूर्व प्रहरीको सुविधा पाउनेछन्। प्रहरीमा सुविधा कम र २४ सै घण्टा काम गर्नु पर्ने भएकाले पनि राजीनामा दिने प्रहरी कर्मचारीको संख्यामा बृद्धि हुदै गएको प्रहरी श्रातले बनाएको छ। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस