सुदूर नेपाललाई विश्वसँग जोड्दै

सांसद चौधरी र मन्त्री देउवा बिच भेटवार्ता

२०८० साउन ३०, ०९:४७ खबर संवाददाता

धनगढीः कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुण कुमार चौधरी र सुदूर पश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकाश मन्त्री प्रकाश देउवा बिच भेटवार्ता भएको छ। 

राजनीतिक गतिविधि तथा बाढी पहिरो र नदी कटानको समस्या बारे छ्लफल भएको सांसद चौधरीको सचिवालयले जानकारी दिएको छ। विषेश गरि कैलाली क्षेत्र नम्बर २ मा यो आर्थिक वर्षमा हुने विकासे योजना बारे सांसद चौधरीले चासो लिएका थिए। बर्खामा हुने नदी कटान हुने क्षेत्रमा तटबन्ध,आवश्यक परेका ठाउँहरुमा झोलुङ्गे र पक्की पुल निर्माणम तिनै तहको सरकार लाग्नु पर्नेमा जोड दिएका थिए। 

भेटमा मन्त्री देउवाले प्रदेश सरकारले गर्ने कुराहरुमा कमि नगर्ने बताएका थिए। तीनै तहमा विजयी भएका प्रतिनिधि मिलेर प्रदेश लाई समृद्ध बनाउन लाग्नु पर्ने बताएका थिए। 

भौतिक मन्त्री सङ्गै प्रदेश सरकारका राज्य मन्त्री गिता देबि माल सङ्ग भेट गरेका थिए। नागरिक उन्मुक्ति पार्टीबाट  मन्त्री भएका हरु लाई जनताको पक्षमा काम गर्न निर्देशन समेत दिएका छ्न।
 

कमेन्ट लोड गर्नुस