सुदूर नेपाललाई विश्वसँग जोड्दै

युक्रेनका २० ड्रोन नष्ट गरेको रुसी रक्षा मन्त्रालयको दावी

२०८० साउन २७, ०५:०९ खबर संवाददाता

एजेन्सीः  रुसको रक्षा मन्त्रालयले आक्रमणका क्रममा २० वटा युक्रेनी ड्रोन नष्ट गरेको जनाएको छ।

रक्षा मन्त्रालयका अनुसार यी आक्रमणहरू मध्यरातमा क्रिमियन प्रायद्वीपमा गरिएको थियो। रुसी तर्फबाट ड्रोनहरु बाटोमै ध्वस्त भएको भनिएको थियो। क्रिमिया प्रायद्वीपमा रुसको नियन्त्रण छ। प्रायद्वीपको उत्तरपश्चिमी भागमा विस्फोट भएको खबर छ, जससँग सम्बन्धित भिडियोहरू इन्टरनेटमा राखिएका छन्। यद्यपी हालसम्म कुनै हताहतीको खबर आएको छैन।

अर्कोतर्फ, युक्रेनको सेनाले पनि जापोरोज्येमा अगस्ट ११–१२ को रातमा शत्रुहरूले ड्रोनबाट आक्रमण गरेको दाबी गरेको छ। उसले जापोरोज्या क्षेत्रमा तीनवटा युएभी (अनम्यान एरियल भेइकल) ध्वस्त भएको बताको छ।

कमेन्ट लोड गर्नुस