सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा मोदी सरकारविरुद्धको अविश्वास प्रस्ताव असफल

२०८० साउन २५, ०९:५० खबर संवाददाता

एजेन्सीः  भारतको लोकसभामा सरकारविरुद्ध विपक्षी गठबन्धनले प्रस्तुत गरेको अविश्वासको प्रस्ताव असफल भएको छ।

बिहीबार ध्वनि मतका आधारमा अविश्वासको प्रस्ताव असफल भएको घोषणा गरिएको हो। सरकारले विश्वासको मत पाएसँगै संसदीय मामिलामन्त्री प्रल्हाद जोशीले लोकसभा सदस्य अधिररञ्जन चौधरीलाई निलम्बनको प्रस्ताव अघि सारेका छन्। विपक्षी गठबन्धनले मणिपुरमा भएको दुःखद घटनालाई लिएर मोदी सरकारमाथि अविश्वासको प्रस्ताव पेश गरेका थिए 

प्रधानमन्त्री मोदीले उक्त प्रस्तावको छलफलमा विपक्षी गठबन्धनमाथि कडा प्रहार गरेका छन्। ‘मलाई आशा छ, सन् २०२८ मा अविश्वास प्रस्ताव ल्याउँदा विपक्षी गठबन्धनले अलि बढी तयारी गर्नेछ’, उनले भने।
 

कमेन्ट लोड गर्नुस