सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका ६९१ विद्यार्थीलाई लागुऔषध विरुद्ध सचेतना

२०८० साउन २२, ०६:४७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा ६९१ विद्यार्थीलाई लागुऔषध विरुद्ध सचेतना गराउने काम प्रहरीले गरेको छ। ‘लागूऔषध बिरुद्वको महाअभियान २०८०’ अन्तर्गत धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलमा रहेको एसपिए कलेजमा अध्ययनर विद्यार्थीहरुलाई जनचेतनामुलक प्रशिक्षण दिने काम भएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको सहकार्य र समन्वयमा लागूऔषध नियन्त्रण सम्बन्धी जनचेतनामूलक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो। सो कार्यक्रममा कलेजका प्राचार्य योगराज गौतम, कलेजका शिक्षक, शिक्षिकाहरुको समेतको उपस्थितीमा कक्षा ११ र १२ मा अध्ययनरत छात्र, छात्राहरुलाई जनचेतना मुलक सन्देश प्रवाह गर्ने काम भएको छ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी उपरीक्षक श्यामसिंह चौधरी तथा प्रहरी अधिकृतहरुबाट विद्यार्थीहरुलाई लागूऔषधको परिचय, सेवनकर्तामा देखिने लक्षण, यसले पार्ने असर र कानूनी प्रावधानको विषयमा जानकारी गराउने काम भएको थियो।

कमेन्ट लोड गर्नुस