सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा १० लाखको जिप र अबैध कुखुरासहित शेरसिंह पक्राउ 

फाइल फोटो
फाइल फोटो
२०८० साउन २२, ०८:४९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा १० लाख बराबरको जिप र अबैध कुखुरासहित शेरसिंह खडका पक्राउ परेका छन्।

जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–११ कलुवापुर स्थित राजमार्गबाट आईतवार राति इलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरबाट खटिइएको प्रहरी टोलीले कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर–११ का ४० वर्षीय चालक शेरसिंह खडकालाइ पश्चिमबाट पूर्व जादै गरेको म.१च. ६९५ नम्बरको बलेरो जिपसहित पक्राउ गरेको हो।

चेकजाँच गर्दा विलभरपाई नभएका अवैध बोईलर कुखुरा ५०० पिस फेला पारी बलेरो जिपसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको इलाका प्रहरी कार्यालय झलारीले जानकारी दिएको छ।
 

कमेन्ट लोड गर्नुस