सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा अबैध काठ बरामद

फाइल फोटो
फाइल फोटो
२०८० साउन १७, ०७:५८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा अबैध काठ बरामद गरिएको छ।

जिल्लाको पुनर्वास नगरपालिका–११ स्थित नमुना ईट्टा उद्योग नजिकै भारतको दुधुवा नेशनल पार्कबाट करिब ३०० मिटर पश्चिममा ८ वटा गोलिया अन्दाजी ४१ क्युफिट बराबरको सालको काठ बरामद गरिएको हो। प्रहरी चौकी परासनबाट खटिइएको प्रहरी गस्ती टोलीले मंगलवार राति वेवारिसे अवस्थामा फेलापारी बरामद गरेको जनाएको छ। आवश्यक कारवाहीका लागि सब डिभिजन वन कार्यालय कुण्डालाई बुझाएको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस