सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानमा बम विस्फोट हुदा मृत्यु हुनेको संख्या ४० पुग्यो

२०८० साउन १४, ०९:०० खबर संवाददाता

एजेन्सीः  पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक कट्टरपन्थी इस्लामिक पार्टीको राजनीतिक भेलामा आज भएको बम विस्फोटमा कम्तीमा ४० जनाको मृत्यु भएको छ।

दर्जनौँ घाइतेको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्। प्रान्तीय गभर्नर हाजी गुलाम अलीले मृतकको संख्याको पुष्टि गरेका हुन्। खैबर पख्तुनख्वा प्रान्तका स्वास्थ्यमन्त्री रियाज अनवरले पनि ४० को मृत्यु भएको जनाएका छन्।

समाचार संस्था एएफपीसँग कुरा गर्दै अनबरले भने, ‘विस्फोटपछि अस्पतालमा लगिएकामध्ये ४० जनाको मृत्यु भइसकेको छ भने एक सय २३ घाइतेको उपचार भइरहेको छ।’
 

कमेन्ट लोड गर्नुस