डडेल्धुरामा आँपको रुखबाट लडेर एक महिलाको मृत्यु

डडेल्धुराः डडेल्धुरामा आँपको रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको भागेश्वर गाउँपालिका वडा नम्बर–२ रुपाल रैनपाटाकि ३२ वर्षीया रूपा दमाईको आँपको रुखबाट खसेर मृत्यु भएको हो। मंगलबार दिउँसो भागेश्वर गाउँपालिका–३ पायल भन्ने ठाउँमा आँप टिप्ने क्रममा रुखबाट लडेर रूपाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त्ता एवं प्रहरी निरीक्षक उमाकान्त जोशीले बताए।
शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ।


