सुदूर नेपाललाई विश्वसँग जोड्दै

हरियाली धनगढी अभियानमा मदिरा व्यवसाय संघ, कैलालीद्धारा ५० हजार सहयोग 

२०८० असार ३१, ०९:०१ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाले अघि सारेको दोस्रो चरणको हरियाली धनगढी अभियानमा सहभागि हुँदै मदिरा व्यवसाय संघ, कैलालीले पनि आइतबार सहयोग गरेको छ।

मदिरा व्यवसाय संघ, कैलालीले १० वटा बिरुवा बराबर ५० हजार रुपैयाँ  नगरप्रमुख गोपाल हमाललाई हस्तान्तरण गरेको हो। हरियाली प्रवद्र्धन गर्ने र धनगढीलाई पर्यावरणमैत्री बनाउने अभियानमा जनसमर्थन बढ्दै गएको छ।

उपमहानगरपालिकाले यसका लागि हरियाली प्रवद्र्धन कोष नै स्थापना गरेर रकम जम्मा गर्न ४१७०१००३०५०१०००२ नम्बरको खाता नै सार्वजनिक गरेको छ।
 

कमेन्ट लोड गर्नुस