सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्री सिंहको शोक प्रस्ताव सर्वसम्मतिले पारित

२०८० असार २५, ०७:१५ खबर संवाददाता

धनगढीः  सुदूरपश्चिम प्रदेशसभाबाट गाडी दुर्घटनामा ज्यान गुमाएका आन्तरिक मामिला तथा कानुुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरिएको छ।

सोमबार दिउँसो बसेको प्रदेशसभा बैठकबाट मन्त्री सिंहको शोक प्रस्ताव सर्वसम्मतिमा पारित गरिएको हो। शोक प्रस्ताव पारित भएसँगै प्रदेशसभाको बैठक स्थगीत भएको छ। सभामुख भीमबहादुर भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगीत भएको बताए।

प्रदेशका आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीले असार १ गते अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपश्चात आज (सोमबार) प्रदेशसभाको पहिलो पटक बैठक बसेको हो। बजेटप्रती असन्तुष्टि जनाएपछि प्रदेशसभाको बैठक बस्ने सकेको थिएन तर सभामुुख भण्डारीले पहलकदमी लिएर संसद चलाउने वातावरण बनाएका हुन्। अब बस्ने बैठकमा भने बजेटमाथिको छलफल अघि बढ्ने प्रदेश सरकारले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस